जनकपुरधाम । महोत्तरीको बर्दिवास–जलेश्वर सडक खण्डमा रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जानकारी दिए ।
उनका अनुसार घटनास्थल नजिकै लु प्र ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो । हाल उनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष यादव नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।
