एजेन्सी । इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ ।
इजरायली सेनाले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनाले पनि हवाई आक्रमण गरेपछि रक्षा मन्त्री योभ गलान्टले आइतबार बिहान ६ बजेदेखि लागू हुने गरी ४८ घण्टाको लागि राष्ट्रव्यापी संकटकालको घोषणा गरेका हुन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालिन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनमा भने, “हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरुलाई सुरक्षीत रुपमा उनीहरुको घरसम्म पु¥याउन हामी सबै कुरा गर्न तयार छौं । हामीलाई चोट पु¥याउन खोज्ने जो कोहीलाई हामी पनि चोट पु¥याउने छौं ।”
साथै प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले इजरालयमा आक्रमण गर्ने हिजबुल्लाहको तयारी पत्ता लगाउन दिन रात काम गरेको जानकारी दिए । हिजबुल्लाहले भने गत महिना आफ्ना कमाण्डर फुआद शुक्रको हत्याको बदलामा इजरायलतर्फ ठूलो मात्रामा रकेट र ड्रोनहरू प्रहार गरेको दाबी गरेको छ ।
