शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

नक्कली सुन दिएर ठगी गर्ने एक जना पक्राउ

नक्कली सुन दिएर ठगी गर्ने एक जना पक्राउ

पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ४ २०८१

झापा । झापामा नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड नगरपालिका– ५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका– २ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार