एजेन्सी । जापनमा शक्तिशाली चक्रवातको चेतावनी जारी गरिएको छ । यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासंगै शक्तिशाली चक्रवात आउने चेतावनी जारि गरिएको हो ।
सोमबार दक्षिणी जापान तर्फ एक शक्तिशाली चक्रवात अघि बढेको मौसम पुर्वानुमानकर्ताहरूले भनेका छन् । बुधबार आँधीले अमाम टापु पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापु फर्किनुअघि यसको गति २१५ कि.मि. प्रतिघण्टा हुने जनाईएको छ ।
जापानमा यो महिना आँधिले गर्दा कयौं उडान र रेलसेवाहरू अबरुद्ध भएका छन् भने बर्षाले प्रशान्तको तट क्षेत्रमा क्षेती पुर्याएको छ ।
