काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्णमन्दिरमा पुजाअर्चना गरेका छन् ।
पौडेलले आज श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा ललितपुरको पाटनस्थित श्रीकृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका हुन् । उक्त अवसमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारी र सांसदहरु लगायतले स्वागत गरेका थिए ।
