काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्न र भड्काउन सम्भव नभएको बताएका छन् ।
सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्याता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।
सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको बताए । उक्त कार्यक्रममा युवाहरुको एक समूहले प्रधानमन्त्री ओली मञ्चमा प्रवेश गरेपछि उनीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भीम रावल, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐन बहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी लगायत कार्यक्रममा पुगेका थिए ।
