मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साफ यु– २० च्याम्पियनसिप

साफ यु– २० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा 

साफ यु– २० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा 

उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्ने

सोमबार, भदौ १० २०८१
सोमबार, भदौ १० २०८१
  • काठमाडौं । साफ यु– २० च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । 

    सात दोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा बंगलादेशलाई टाइब्रेकरमा भारतलाई ४–३ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट विजेता टुंगो लागेको हो । 

    आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले पराजित गरेको थियो । अब उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन् । फाइनल खेल बुधवार हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार