मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

गौरा पर्व

नाराबाजी गर्नेसँग जंगिदै देउवाले भने : यही हो नेपालको चलन ? लाज छैन, बदमासहरु 

नाराबाजी गर्नेसँग जंगिदै देउवाले भने : यही हो नेपालको चलन ? लाज छैन, बदमासहरु 

‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? बदमासहरु’

सोमबार, भदौ १० २०८१
सोमबार, भदौ १० २०८१
  • काठमाडौं । गौरा पर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति  शेरबहादुर देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई  कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

    कार्यक्रममा उपस्थित भएकाहरुलाई कांग्रेसका  सभापति देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए ।

    नाराबाजी गर्नेहरुसँग जंगिएपछि सभापति शेरबहादुर देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको कांग्रेसका सभापति शेरबहादुर  देउवाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार