मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

अन्तरक्रिया कार्यक्रम

केन्द्रीय पुस्तकालयले भोली ‘अनुसन्धानात्मक पत्रकारीताका लागि पुस्तकालय’ अन्तरक्रिया कार्यक्रम गर्ने 

केन्द्रीय पुस्तकालयले भोली ‘अनुसन्धानात्मक पत्रकारीताका लागि पुस्तकालय’ अन्तरक्रिया कार्यक्रम गर्ने 

“निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने नाराका साथ हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा हुनेछ । 

बुधबार, भदौ १२ २०८१
बुधबार, भदौ १२ २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले ‘अनुसन्धानात्मक पत्रकारीताका लागि पुस्तकालय’ शिर्षकमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

    सत्रौं पुस्तकालय दिवसको पूर्वसन्ध्यामा त्रिवि केन्द्रीय पुस्तकालयको आयोजनामा भोली (बिहिवार) दिउँसो १ बजे उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको केन्द्रीय पुस्तकालयले जनाएको जानकारी दिएको छ । 

    “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने नाराका साथ हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रम त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा हुनेछ । 

    उक्त कार्यक्रममा वक्ताहरु त्रिवि पत्रकारीता तथा आमञ्चार केन्द्रीय विभाग, बल्खुका विभागीय प्रमुख डा. मुकुन्द अर्याल र त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग, कीर्तिपुरकी विभागीय प्रमुख डा. निला न्याइच्याई रहेका छन् ।

    IMG-20240828-WA0001.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार