मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साफ यू–२० च्याम्पियनसीप

साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशलाई 

साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशलाई 

नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे ।

बुधबार, भदौ १२ २०८१
बुधबार, भदौ १२ २०८१
  • काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले उचालेको छ । 

    बुधवार एन्फा कम्पेलेक्स सातदोबाटोमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४–१ गोलले पराजित गर्दै बंलादेशले उपाधि उचालेको हो । हाफ टाइम अगाडी एक गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा तीन गोल गरेको हो । 

    दोस्रो हाफमा नेपालले आक्रामक खेले पनि गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।

    नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । इन्जुरी १० मिनेटमा नेपालले खेलमा फर्किने प्रयास गरेपनि खेलको ९६ औँ मिनेटमा बंगलादेशले चौंथो गोल गर्दै जित सुनिश्चित ग¥यो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार