काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा गुजरात टीमबाट खेल्ने भएका छन् ।
बिहिवार आएको अक्सनमा पारसलाई गुजरातले १२ लाख भारुको बोली लगाएको हो । सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चार वटा फ्रेन्चाइज क्लबहरु छन् ।
जसमा गुजरात टाइटन्स, इण्डिया क्यापिटल, मणिपाल टाइगर्स र भिलवारा किंग्स रहेका छन् । यो प्रतियोगिता आगामी नोभेम्भर र डिसेम्बरमा हुनेछ ।
