मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

देउवासामू ओलीले भने : अब मेरो कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्र बाँकी छ 

देउवासामू ओलीले भने : अब मेरो कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्र बाँकी छ 

कार्यक्रममा ओलीले बोलीरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए ।

शनिबार, भदौ १५ २०८१
शनिबार, भदौ १५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो प्रधानमन्त्रीको रुपमा एक वर्ष १० महिना १५ दिन मात्र रहने बताएका छन् । 

    शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन टु द फायर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सहमति अनुसार आफ्नो कार्यकालबारे जानकारी दिँदै त्यसपछि आफूले राजीनामा दिने बताए । 

    ओलीले भने, “अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि एक हप्ता अघि नै छोड्छु भनेको छु । बढी होइनकी समयमै हस्तान्तरण गरौं भन्ने छ ।”

    उक्त कार्यक्रममा ओलीले बोलीरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले पटक–पटक आफू एमाले र कांग्रेसबीच भएको सहमति पालना गर्न तयार रहेको बताउँदै आएका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार