काठमाडौं । निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म पैदाल मार्च पास गरिएको छ ।
आइतबार बृहत नागरिक आन्दोलनको ऐक्यबद्धतामा महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकाका लागि राष्ट्रिय अभियान, महिला विश्वासी संघ, साप नेपाल, जागरण नेपाल, ल्याक, मिलिजुली समाज, मितिनी नेपाल, युथ एडबोकेसी नेपाल र एबिसी नेपाल लगायतका संस्थाले संयुक्त रुपमा माइतीघरदेखि बालुवाटारसम्म पैदाल मार्चपास गरेका हुन् ।
नेपालगञ्जकी निर्मला कुर्मीलाई अपहरण गरी हत्या गरेको मुद्धाको अनुसन्धानमा तानिएका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकारले लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनाइएको छ ।
हत्या आरोपको अनुसन्धानमा रहेका कुर्मीलाई मन्त्री बनाएकोमा आपत्ति जनाउँदै आज पैदल मार्च पास गरिएको हो । बादशाह कुर्मीमाथि अनुसन्धान हुनुपर्ने र निर्मलाका हत्याराले सजाय पाउनु पर्ने मागसहित रुवि खान लागयतका मानव अधिकारवादीले पटक–पटक अनसन बस्नुको साथै आन्दोलन गर्दै आएका छन् ।
यस अघि गृह मन्त्रालयद्धारा गठित छानबीन समितिले समेत बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरिसकेको छ ।
