मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न : तपाईको प्रदेश सांसद रेखा शर्मालाई कहिले पक्राउ गर्नुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई बालेनको प्रश्न : तपाईको प्रदेश सांसद रेखा शर्मालाई कहिले पक्राउ गर्नुहुन्छ ?

बालेनले ओलीलाई लेखेका छन्, "सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।"

आइतबार, भदौ १६ २०८१
आइतबार, भदौ १६ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाह 'बालेन्द्र) ले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेश सांसद रेखा शर्मालाई कहिले समाउने हो ? भन्दै प्रश्न गरेका छन् ।

    सांसद शर्माले बिगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रुपमा हिंसा गर्दै आएको र उनले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्ने गरेको मेयर शाहले बताएका छन् ।

    अदालतले समेत सांसद शर्मा विरुद्ध मुद्दा  चलाउ भनेको र काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि सरकारले पक्राउ नगरेको बालेनले बताए ।

    बालेनले सामाजिक सन्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीलाई सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ उनलाई नसमाउनु भन्नी हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

    बालेनले ओलीलाई लेखेका छन्, "सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।"

    हेर्नुहोस मेयर बालेनको स्टाटस:

    उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ । सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार