मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हराएका वर्षहरु

‘हेर्ने कथा’ को 'हराएका वर्षहरु' का प्रकाशले प्रधानमन्त्री ओलीलाई भेटे

‘हेर्ने कथा’ को 'हराएका वर्षहरु' का प्रकाशले प्रधानमन्त्री ओलीलाई भेटे

नागरिकता पाएपछि प्रकाशले बैंक खाता खोलेका छन् ।

सोमबार, भदौ १७ २०८१
सोमबार, भदौ १७ २०८१
  • काठमाडौं । ‘हेर्ने कथा’ को हराएका वर्षहरुका पात्र प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

    प्रकाशले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा प्रकाशसँगको फोटो सेयर गर्दै प्रकाश सँग भेट भएको जानकारी दिएका छन् ।

    "प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्री," ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    ‘हेर्ने कथा’ मा हराएका वर्षहरु शिर्षकमा प्रशारण भएको प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको नागरिकताको विषयमा चासो दिएका थिए ।

    प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे तत्कालीन गृहसचिव एकनारायण अर्यालसँग समेत छलफल गरेको जानकारी दिएका थिए ।

    हराएको ३५ वर्षपछि आफ्नो गाउँ र परिवार फेला पारेका प्रकाश तामाङ ‘काले’ ले हिजो घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए। नागरिकता पाएपछि प्रकाशले बैंक खाता खोलेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार