कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराती अत्तरीया विद्युत कार्यालय नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अन्नियत्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत भइनसकेको र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
