मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

कारागार चलान 

कांग्रेस लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान 

कांग्रेस लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी कारागार चलान 

सांसद केसी कारागार चलान भएसँगै नेकपा (बहुमत) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरेन्द्र विश्वकर्मा ‘चे’ ले आफूहरुले सुरु गरेको आन्दोलनले आंशिक सफलता प्राप्त गरेको बताएका छन् । 

आइतबार, भदौ २३ २०८१
आइतबार, भदौ २३ २०८१
  • दाङ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । 

    सांसद केसी आइतबार रुकुम जिल्ला अदालतमा पुगेर आत्मसमर्पण  गरेका हुन् । आफैं जिल्ला अदालतमा उपस्थित भएका सांसद केसीलाई प्रहरीले जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि थुनामा पठाएको हो । 

    प्रदेश सांसद केसी आइबार आफैं जिल्ला अदालतमा उपस्थित भएको र अदालतको फैसला कार्यान्वयन वा तोकिएको सजाय भुक्तानी गर्नको लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव माधव खरेलले जानकारी दिए । 

    उनले भने, “उहाँ अदालतमा उपस्थित भएपछि सम्मानित जिल्ला अदालतको तोकिएको सजाय भुक्तानी गर्नको लागि कारागार चलान गरेको छ ।”

    २०४८ साल असार ६ गते साविक रूकुम जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले श्रीमती सँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा केसीलाई दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवाना तोकेको थियो । त्यस यता उनी फरार रहँदै आएका थिए ।

    गत निर्वाचनमा सांसद केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्व प्रदेशसभा क्षेत्र १ को ‘ख’ बाट निर्वाचित भएका थिए । उनीमाथि अवैध मार्ग हुँदै मानिस अमेरिका पठाउने काममा सक्रिय रहेको आरोप पनि थियो । 

    यही भदौ १६ गते नेकपा (बहुमत) लुम्बिनी प्रदेश कमिटीले हत्या आरोपी मन्त्री बादशाह कुर्मी र फरार सांसद धनबहादुर केसीलाई बर्खास्तीको मागसहित लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा जन प्रदर्शन गरेको थियो । साथै नेकपा (बहुमत) लुम्बिनी प्रदेशले कुर्मी र केसीलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउनेदेखि लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलन गर्दै आएको थियो । 

    सांसद केसी कारागार चलान भएसँगै नेकपा (बहुमत) का केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरेन्द्र विश्वकर्मा ‘चे’ ले आफूहरुले सुरु गरेको आन्दोलनले आंशिक सफलता प्राप्त गरेको बताएका छन् । 

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हाम्रो आन्दोलन को आंशिक सफलता डिबि भनिने सांसद धन बहादुर केसि पक्राउ ।”




    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार