मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दर्ज्यानी चिन्ह

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान 

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान 

यस अघि भदौ १२ गते राष्ट्रपति पौडेलले आजबाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका थिए । 

सोमबार, भदौ २४ २०८१
सोमबार, भदौ २४ २०८१
  • काठमाडौं । नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह लगाएका छन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितल निवासमा आयोजित एक समारोहमा प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापतिको पद तथा गोपनियताको शपथा पनि गराए । 

    यस अघि भदौ १२ गते राष्ट्रपति पौडेलले आजबाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका थिए । 

    “रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो,” भनि राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    5-24_प्रधान-सेनापति-शपथ-scaled.jpg

      

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार