मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

रुकुम पश्चिममा बाढीले मोटरसाइकल बगाउँदा चालकसहित दुई जनाको मृत्यु 

रुकुम पश्चिममा बाढीले मोटरसाइकल बगाउँदा चालकसहित दुई जनाको मृत्यु 

मृत्यु हुनेमा जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ का ३३ वर्षीय निर्मला थापा रहेका छन् । 

सोमबार, भदौ २४ २०८१
सोमबार, भदौ २४ २०८१
  • सुर्खेत । रुकुम पश्चिमको रम्बाखोलामा गएराती आएको बाढीले मोटरसाइकल बगाउँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ का ३३ वर्षीय निर्मला थापा रहेका छन् । 

    गए राती साखबाट कानियातर्फ जाँदै गर्दा वडा नम्बर ६ र ७ लाई जोड्ने रम्बाखोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए । 

    प्रहरीका अनुसार मृत दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार