मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दुर्घटना

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते 

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते 

जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान

बुधबार, भदौ २६ २०८१
बुधबार, भदौ २६ २०८१
  • काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका– १२ हिलेखोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थी रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । प्रहरीका अनुसार घाइते ९ जनालाई प्राथमिक स्वास्थ उपचार केन्द्र ठाडाको उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको छ । 

    अर्घाखाँचीको त्रदेवबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप बुधवार बिहान हिलेखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको र दुर्घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार