मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सम्पादन सम्झौता 

प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता 

प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता 

प्रधानमन्त्री ओलीले नेपाल सरकारका मुख्य सचिवसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

बिहीबार , भदौ २७ २०८१
बिहीबार , भदौ २७ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् । 

    ओलीले बिहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित अन्य मन्त्रीहरुसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धीहरुका लागि कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान–प्रदान गरेका हुन् । 

    यसै गरी प्रधानमन्त्री ओलीले नेपाल सरकारका मुख्य सचिवसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धीत मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ । लक्षित उपलब्धी समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार