मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ 

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ 

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ 

श्रेष्ठले आफू मन्त्री बन्न लागेको र पार्टीमा पैसा बुझाउनु पर्ने भएकाले आफूलाई सहयोग गर्न भन्दै मेडिकल व्यवासायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि निष्कासनमा परेका

बिहीबार , भदौ २७ २०८१
बिहीबार , भदौ २७ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । 

    श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए । थापाका अनुसार प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागू औषध श्रेष्ठले पोखरा महानगरपालिका– ९ स्थित पृथ्वी चोकमा सञ्चालन गरेको दिया फार्मेसीबाट किनेको भनेपछि उनलाई पक्राउ गरिएको हो । 

    रोल्पा घर भई पोखरा बस्ने प्रकाश थापा मनगरलाई गत साउन ३ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट ९७ थान प्रतिबन्धित ट्रामाडोल बरामद गरेको थियो । बयानमा थापाले उक्त ट्रामाडोल दिया फार्मेसीबाट बिक्री हुने गरेको बयान दिएका थिए ।। 

    मगरको बयानपछि कास्की जिल्ला अदालतले पूर्व सांसद समेत रहेका दिया फार्मेसीका सञ्चालक ढाकाकुमार विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । कास्की प्रहरीले बिहिवार ढाकाकुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

    रास्वपाबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सांसद बनेका श्रेष्ठले आफू मन्त्री बन्न लागेको र पार्टीमा पैसा बुझाउनु पर्ने भएकाले आफूलाई सहयोग गर्न भन्दै मेडिकल व्यवासायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि निष्कासनमा परेका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार