मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विस्फोट

पाकिस्तानमा विस्फोटमा परी २ प्रहरीको मृत्यु, २ जना घाइते 

पाकिस्तानमा विस्फोटमा परी २ प्रहरीको मृत्यु, २ जना घाइते 

विस्फोटको जिम्मेवारी कसैले नलिएको

शनिबार, भदौ २९ २०८१
शनिबार, भदौ २९ २०८१
  • एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिबार भएको बम विस्फोटमा परी दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको पाकिस्तान प्रहरीले जनाएको छ ।

    प्रान्तको कुचलक जिल्लाको बोस्टन रोड इलाकाबाट गइरहेको प्रहरी भ्यानमाथि आक्रमण हुँदा चार प्रहरी गम्भीर घाइते भएका थिए । घाइते मध्ये दुई जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

    प्रहरीलाई लक्षित गरी विष्फोट भएको र सडक छेउमा राखिएको बममा ८–१० केजी विष्फोटक पदार्थ प्रयोग गरिएको थियो । विस्फोट पछि प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगेर उद्धार गर्नुको साथै घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो । 

    आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार