मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

उपनिर्वाचन

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

आइतबार, भदौ ३० २०८१
आइतबार, भदौ ३० २०८१
  • काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

    हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिट रिक्त छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार