मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

उपनिर्वाचन

इलाम र बझाङको उपनिर्वाचनको लागि आयोगले पठायो मतपत्र 

इलाम र बझाङको उपनिर्वाचनको लागि आयोगले पठायो मतपत्र 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापेर मतपत्र आज सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिए ।

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख ५ २०८१

काठमाडौं । यही बैशाख १५ गतेबाट हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको लागि निर्वाचन आयोगले मतपत्र पठाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापेर मतपत्र आज सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिए । इलाम २ का लागि १ लाख २८ हजार र बझाङ प्रदेशसभाका लागि ६८ हजार मतपत्र छपाई गरी पठाइएको प्रवक्ता शर्माले बताए । 

शर्माका अनुसार मतदाता संख्या भन्दा करिब १० प्रतिशत मतपत्र बढी पठाइएको छ । इलाम २ र बझाङ प्रदेशसभा १ मा हाल विभिन्न दलका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार