काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तपुर गएका बेला पक्राउ परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका समर्थक रिहा भएका छन् ।
मंगलबार मेयर बालेन शाहको तस्बीर र नामसहितको टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका उनीहरुलाई असुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले साँझ ५ बजेपछि रिहा गरेको छ ।
