काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध अदालतले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार बुधवार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माका अनुसार प्रहरीको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पछिल्लो समय विभिन्न अभियानमाफर्त नेताविरुद्ध र सामाजिक सद्धभाव भड्काउने अभिव्यक्ति दिएकाले सोही विषयमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
