मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो नीतिगत प्रतिबद्धताको मस्यौदा

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो नीतिगत प्रतिबद्धताको मस्यौदा

पहिले पहिलेको भन्दा एकदमै फरक महामन्त्री थापाको भनाई

बुधबार, असोज २ २०८१
बुधबार, असोज २ २०८१
  • काठमाडौं । सरकारको नीतिगत प्रतिबद्धता तथा दुई पार्टीको साझा संकल्प तयार गर्न गठित कार्यदलले प्रतिबद्धताको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । 

    कार्यदलका सदस्यहरुले बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको नीतिगत प्रतिबद्धताको मस्यौदा बुझाएको हो । कार्यदलका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको नीतिगत प्रतिबद्धताको मस्यौदा प्रधानमन्त्रीलाई बुझाएको जानकारी दिए । 

    उनले भने, “हामीले पहिले पहिलो जस्तो साँझा कार्यक्रम भन्दा पनि नाम नै परिवर्तन गरेर नीतिगत प्रतिबद्धता र दुई वटा पार्टीको साँझा संकल्प राखेका छौं । सात बुँदे सहमतिमै टेकेर तयार गरेका छौं । यो पहिले पहिलेको भन्दा एकदमै फरक छ ।”

    उनले सरकारको नीतिगत प्रतिबद्धतापत्रमा युवासँग साझेदारी, जलवायु परिवर्तन र नेपालमा केही पनि भएको छैन् भन्ने गलत भाष्य र भ्रमहरुलाई चिर्ने र कांग्रेस र एमाले नेतृत्वको सरकारले गर्छ भन्ने लगायतका विषयमा तयार गरिएको बताए । 


     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार