काठमाडौं । आईसीसी क्रिकेट विश्वकप क्रिकेट लिग– २ प्रतियोगिता अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको छ । खेल अब केही बेरमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।
नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ । नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ ।
