मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णय

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णय

प्रतिवेदन संसदमा पेश भएपछि सभामुख देवराज घिमिरेले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए । 

बुधबार, असोज २ २०८१
बुधबार, असोज २ २०८१
  • काठमाडौं । सरकारले सहकारी सम्बन्धी संसदीय विशेष छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

    बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले संसदीय छानबीन समितिले तयार गरेको सहकारी सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले उक्त प्रतिवेदन कार्यान्वयनको लागि गृहमन्त्रालय र सहकारी मन्त्रालयमा पठाएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडी बढाएर सिधै मन्त्रालयलमा पठाउने र सम्बन्धित मन्त्रालयले आवश्यक कारबाही गर्ने बताएका बैठकमा सहभागी एक मन्त्रीले बताए । 

    सहकारी छानबीन समितिका सभापति सूर्य थापाले सोमबार उक्त प्रतिवेदन संसदमा पेश गरेका थिए । प्रतिवेदन संसदमा पेश भएपछि सभामुख देवराज घिमिरेले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार