मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

वार्षिक प्रतिवेदन

लोकसेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश 

लोकसेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश 

नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेका आयोगहरुले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने विश्वास

शुक्रबार, असोज ४ २०८१
शुक्रबार, असोज ४ २०८१
  • काठमाडौं । लोकसेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ । 

    शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् । 

    त्यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि नेपालको संविधानको धारा २९४ बमोजिम प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरे । 

    प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले संवैधानिक निकायहरुले तोके बमोजिम कार्यसम्पादन गर्नु सराहनीय रहेको भन्दै नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेका आयोगहरुले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे । 

    Scan_20240920-4-scaled.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार