मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सहकारी रकम अपचलन प्रकरण

 रवि लामिछाने र छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी 

 रवि लामिछाने र छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने प्रहरीको तयारी 

सभापति रवि लामिछानेलाई कारबाही सिफारिस गरिएको प्रतिवेदनमा रास्वपा सांसद शिशिर खनालको पनि हस्ताक्षर

शुक्रबार, असोज ४ २०८१
शुक्रबार, असोज ४ २०८१
  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबीन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको छ । 

    लामिछाने गोरखा मिडिया नेटवर्कको तत्काली प्रबन्ध निर्देशक भएको समयमा सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै विशेष संसदीय छानबीन समितिले उनीसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको थियो । समितिको सिफारिसको आधारमा रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारी भएको प्रहरी स्रोतको भनाई रहेको छ । 

    सूर्य थापा नेतृत्वको विशेष संसदीय छानबीन समितिले ९९ दिन लगाएर अनुसन्धान गरेर सोमबार प्रतिवेदन संसदमा बुझाएको थियो । प्रतिवेदन बुझेसँगै सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयनको लागि सरकारलाई निर्देशन दिएका थिए । सभामुखको निर्देशनपछि प्रतिवेदनलाई मन्त्रीपरिषद् बैठकले स्वीकृत गर्नुको साथै कार्यान्वयनको लागि सम्बन्धीत मन्त्रालय गृह र सहकारी मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । 

    प्रतिवेदन गृहमन्त्रालयमा पुगेपछि गृहमन्त्रालयले विशेष छानबीन समितिको सिफारिसको आधारमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक समेत रको रास्वपाका सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीविरुद्ध छानबीन गर्न निर्देशन दिएपछि प्रहरीले लामिछाने र जोशीविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । 

    प्रहरी स्रोतका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण संकलन गर्न प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीलाई निर्देशन दिइसकेको छ । विशेष संसदीय छानबीन समितिले कारबाही गर्न सिफारिस गरेका ४ जना मध्ये गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र सदस्य कुमार रम्तेलविरुद्ध पहिले नै मुद्दा चलिसकेको छ भने लामिछाने र जोशीविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको हो । 

    सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबीन समितिमा रास्वपाका सांसद शिशिर खनाल पनि थिए । समितिले तयार गरेको प्रतिवेदनमा खनाले पनि हस्ताक्षर गरेका छन् । समितिले सोमबार प्रतिवेदन संसदमा बुझाएपछि रास्वपाका सभापति रवि लामिछानेले समितिले आफूलाई सहकारी प्रकरणमा क्लिन चिट दिएको दाबी गरेका थिए भने रास्वपा उपसभापति स्वर्णिम वाग्ले, सांसद शिशिर खनाल, सुमना श्रेष्ठ लगायतका सांसदले रवि लामिछानेले क्लिन चिट पाएको र सहकारी प्रकरणमा उनको संलग्नता नरहेको बताएका थिए । 

    समितिले संसदमा प्रतिवेदन बुझाएपछि एक पक्षले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता नदेखिएको तर्क गर्दै आएका थिए भने अर्काे पक्षले लामिछानेको संलग्नता देखिएको र उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए । छानबीन समितिका सभापति सर्य थापाले भने रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाणीत भएको बताएका थिए । थापाले रवि लामिछानेले मिडियामा आएर आफूले आफैलाई क्लिन चिट पाए भन्नु सार्वभौम संसद र जनताको अपहेलना भएको बताएका थिए । 

    गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई फरार रहेका छन् भने कुमार रम्तेल पूर्पक्षका लागि थुनामा छन् । फरार रहेका राईविरुद्ध इन्टरपोलबाट पकट–पटक रेड नोटिस जारी भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार