मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

संसद अवरोध जारी रहन्छ : प्रचण्ड

संसद अवरोध जारी रहन्छ : प्रचण्ड

जनयुद्धका शहिदहरुलाई अधिकारीक रुपमा राष्ट्रिय शहिद घोषणा गरेर गर्व गर्न लायक काम गरेको प्रचण्डको भनाई

शनिबार, असोज ५ २०८१
शनिबार, असोज ५ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले संसदको अवरोध जारी राख्ने बताएका छन् । 

    शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहिद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान र शान्ति सम्झौताको मर्म र भावना विपरित जनयुद्धलाई हत्या र हिंसा भन्ने जस्ता अभिव्यक्ति दिएर अपमान गर्न खोजिएकाले संसदको अवरोध जारी रहने बताए । 

    उनले भने, “संविधानको र विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरित जनयुद्धलाई हिंसा भनियो । हामी सदन अवरोधको स्थितिमा छौं, त्यहाँबाट जबरजस्त आक्रमण गरिरहेका छौं । हामी छोड्दैनौं । प्रतिनिधिसभामा नहुने साथिहरुले सडकबाट उठाइदिनु प¥यो ।”

    हामी कमजोर छौं भनेर हिन भावना लिन नहुने भन्दै अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चालबाजीहरुलाई असफल बनाइएको दाबी गरे । 

    अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जनयुद्धका शहिदहरुलाई राष्ट्रिय शहिदको रुपमा औपचारिक र आधिकारीक रुपमा घोषणा गरेको र उक्त काम गर्न गर्व गर्न लायक भएको बताए । उक्त निर्णय हजारौं शहिदहरु र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको दाबी गरे । 

    आफू प्रधानमन्त्री भएको बेलामा नै संक्रमणकालिन न्यायसँग सम्बन्धित विद्येयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार