काठमाडौं । नेपाल क्रिकेटसंघ (क्यान) का सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विद्युतीय सवारी (इभी) को ब्रान्ड एम्बेसडर बनेका छन् ।
दीपाको आधिकारीक बिक्रेता एमएडब्लु बुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । खड्का ब्रान्ड एम्बेसडरमा नियुक्त भएसँगै काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले उनलाई दिपाल एस ७ ईभी हस्तान्तरण पनि गरेको छ ।
एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे । ब्रान्ड एम्बेसडरमा नियुक्त भएका खड्काले अब ईभी नै महत्वपूर्ण सवारी साधनको माध्यम भएको बताए ।
खड्काले दीपालको गुणस्तर, सहजता र किफायिताले यो महत्वपूर्ण गाडी भएको बताए ।
