मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एन्फा महिला लिग

एन्फा महिला लिगमा कर्णालीमाथि पुलिसको सहज जित 

एन्फा महिला लिगमा कर्णालीमाथि पुलिसको सहज जित 

पुलिसका लागि निर्मला उपाध्याय र मनिसा राउतले एक–एक गोल गरे

बुधबार, असोज ९ २०८१
बुधबार, असोज ९ २०८१
  • काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले आजको खेल जितेको छ । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २–० गोलको जित निकालेको हो । पुलिसका लागि निर्मला उपाध्याय र मनिसा राउतले एक–एक गोल गरेका हुन । 

    यो जितसँगै ८ खेलबाट ५ जित र ३ बराबरीसंगै  १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ  । त्यसैगरी पराजित कर्णाली प्रदेशले ८ खेलबाट १ जित र १ बराबरीसंंगै ४ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ  ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार