काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भोली र पर्सी रात्रीकालिन बस नचलाउन आग्रह गरेको छ ।
आजदेखि मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारणले जोखिम निम्तिनसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिवार एक विज्ञप्ति जारी गरेर भोली र पर्सी रात्रीकालिन बस नचलाउन आग्रह गरेको हो ।
रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा असोज ११ र १२ गते रात्रिकालिन बस नचलाउन आग्रह गर्नुको साथै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले किसानहरुलाई धान नकाट्न र काटिएको भए तत्काल थन्काउन पनि आग्रह गरेको छ ।
