काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्नको लागि प्रधानमन्त्री प्रचण्ड बुधवार शितलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीको यो नियमित भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।
