काठमाडौं । काठमाडौंको बालाजुस्थित अन्नपूर्ण चोकको नालीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् ।
बालाजु अन्नपूर्ण चोक नजिकैबाट बा.प्र. ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल निकालिएको चालक भने बेपत्ता भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा चालक मात्र सवार थिए की उनको पछाडी अर्का व्यक्ति पनि सवार थिए भन्ने विषयमा एकीन हुन नसकेको र बेपत्ता भएका मोटरसाइकल चालकको खोजी कार्य भैरहेको छ ।
गएराती देखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदी किनारा क्षेत्र जलमग्न भएका छन् ।
