मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

उद्धारको प्रतिक्षामा रहेका चार जना नख्खुमा बगे 

उद्धारको प्रतिक्षामा रहेका चार जना नख्खुमा बगे 

उपत्यकामै उद्धारको तयारी कमजोर देखिएपछि हाल चौतर्फी रुपमा सरकारको आलोचना

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • काठमाडौं । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जना बेपत्ता भएको खुलेको छ । 

    कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए । प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए ।

    पोखरेलले आफूले सुरक्षा निकाय र महानगरपालिकाका अन्य निकायमा पनि खबर गरेको तर प्रहरी टोली आउन करिब ४५ मिनेट लागेको बताए । प्रहरी पनि दुई जना मात्र आएको र उनीहरुसँग उद्धारको लागि आवश्यक सामग्री पनि नभएको बताएका छन् । 

    उद्धारमा आएका प्रहरीले डोरी किरेटमा बाँधेर फाले पनि टहरामाथि बसेका उनीहरुले टेकेको जस्ताको पाता नै बगाएपछि उनीहरुलाई पनि नख्खु बाढीले बगायो । 

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको उनले बताए । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन् ।

    शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो ।

    उपत्यकामै उद्धारको तयारी कमजोर देखिएपछि हाल चौतर्फी रुपमा सरकारको आलोचना भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार