काठमाडौं । पूर्वमुख्यसचिव तिर्थमान शाक्यको निधन भएको छ ।
नेपाल कानुन समाजका अध्यक्ष समेत रहेका शाक्यको क्यान्सर रोगको उपचारको क्रममा बुधवार ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए ।
शाक्य केही समय अगाडी भारतको दिल्लीमा स्वास्थ परीक्ष्ण गराएर स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव समेत भए ।
लोकसेवा आयोगमा शाक्यको कार्यकालमा पदपूर्ति प्रणालीमा सुधार लगायतका थुप्रै कामहरु भएका पूर्वसचिव गोपीनाथ मैनालीले बताए । शाक्यकी श्रीमतीको करिब दुई महिना अघि मात्रै निधन भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।
