मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बाढी/पहिरो

एन्फा एकेडेमीका ३ विद्यार्थीको शव फेला 

एन्फा एकेडेमीका ३ विद्यार्थीको शव फेला 

इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरी बजारका ३० घर बाढीले बगाएको

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ स्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट बेपत्ता भएका ६ विद्यार्थी मध्ये ३ जनाको शव फेला परेको छ । 

    शव फेला परेका तीन जनाको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए । बिहिवारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर सुरक्षीत स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । 

    बेपत्ता भएका ६ मध्ये ३ जनाको शव फेला परेको छ भने अन्य तीन जना अझै बेपत्ता रहेका छन् । इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरी बजारका ३० घर बाढीले बगाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार