काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सारेको छ ।
असोज ११ गतेबाट सञ्चालन भैरहेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत वि.एस्सी २०८० को आंशिक तर्फको परीक्षा केन्द्र तोकिएको एस.भी. एकेडेमी बुद्धनगरको परीक्षा केन्द्र सारिएको हो ।
उक्त परीक्षा केन्द्रमा प्रतिकूल मौसमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएको उक्त परीक्षा केन्द्रमा तोकिएका सम्पूर्ण परीक्षाहरु असोज १३ गते (भोली) देखि बानेश्वरस्थित के एण्ड के कलेजमा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय त्रिविले जनाएको छ ।
