मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

उद्धार

बाढीमा फसेकाको उद्धारका लागि खटियो वाइसिएल टोली 

बाढीमा फसेकाको उद्धारका लागि खटियो वाइसिएल टोली 

वाइसीएलको टोली उपत्यकामा मात्र नभएर देशैभरी उद्धारमा खटिएको

शनिबार, असोज १२ २०८१
शनिबार, असोज १२ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन योङ कम्युनिष्ठ लिग (वाइसीएल) बाढीमा फसेकाहरुको उद्धारको लागि खटिएको छ । 

    काठमाडौं उपत्यकासहित तीनै जिल्लामा वाइसीएलका वरिष्ठ उपाध्यक्ष कसम गुरुङको नेतृत्वमा १५६ जनाको टोली हाल बाढी प्रभावित क्षेत्रमा खटिएको छ । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा बाढीमा फसेकाहरुको उद्धार गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । 

    उनका अनुसार वाइसीएलको टोली उपत्यकामा मात्र नभएर देशैभरी उद्धारमा खटिएको छ । विपद्को बेलामा एक अर्कालाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । 

    बिहिवार बिहानदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा ठूलो धन, जनको क्षती भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार