बाँके । बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ ।
जिल्लाको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको र मुख्य गोदाम भने सुरक्षीत रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहयोगमा हाल आगो नियन्त्रणमा आइसकेको छ ।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको र आगलागीको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
