मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

दशैंको टीका

यस्तो छ दशैंको टीकाको शुभ साइत, कुन देशमा कति बजे ? 

यस्तो छ दशैंको टीकाको शुभ साइत, कुन देशमा कति बजे ? 

नेपालमा आश्विन २६ गते बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत जुरेको

आइतबार, असोज १३ २०८१
आइतबार, असोज १३ २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित अन्य देशमा पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । 

    समितिको शुक्रबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका सभापति प्रा.डा. माधव भट्टराईले जानकारी दिए । उनका अनुसार धेरै नेपालीहरुको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको हो । 

    समितिका अनुसार नेपालमा आश्विन २६ गते बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत जुरेको छ भने अमेरिका, क्यानडामा अक्टोबर १२ तारिकमा टीकाको शुभ साइत जुरेको छ । 

    जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः १० बजेर १ मिनेटमा,  फ्र्याङ्‌कफर्ट केन्टुकीमा १०ः३१ मिनेटमा,  वोवेन्सवोरो केन्टुकीमा ९ः४५ मिनेटमा,  टेक्सासमा १०ः०५ मिनेटमा, वासिङ्गटन डिसीमा ९ः५५ मिनेट र क्यालिफोर्नियामा ९ः३९ मा टीकाको शुभसाइत जुरेको छ ।

    यस्तो छ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको विज्ञप्तिः 

    Panchang-nirnayak-samiti.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार