मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पत्रकार सम्मेलन

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै 

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै 

मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको

मंगलबार, असोज १५ २०८१
मंगलबार, असोज १५ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपरान्ह्र ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । 

    असोज १० गतेदेखि १२ गतेसम्म अविरल रुपमा परेको वर्षापछि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षती भएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन् । 

    आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन मार्फत बाढी पहिरोमा डुबानका कारण भएको क्षतीको विवरण समेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किए लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार