मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

विपद् प्राधिकरण

भारी वर्षाको सम्भावना कायमै, यात्रामा उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध 

भारी वर्षाको सम्भावना कायमै, यात्रामा उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध 

सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै

बुधबार, असोज १६ २०८१
बुधबार, असोज १६ २०८१
  • काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार भोली राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान छ। यो वर्षा असोज १८ गतेसम्म रहने सम्भावना रहेको विपद् प्राधिकरणले जनाएको छ । 

    विपद् प्राधिकरणका अनुसार असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ।

    तसर्थ यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न र नदी किनाराका वस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

    विपद् प्राधिकरणले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका बासिन्दाहरूले तदनुरुप सावधानी अपनाउन समेत अनुरो गरेको छ । 

    461660476_854501083463874_801798308307699934_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार