मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

त्रिपक्षीय सम्झौता

नेपाल, भारत र बंगलादेशबीच विद्युत निर्यात गर्ने त्रिपक्षीय सम्झौतामा हस्ताक्षर 

नेपाल, भारत र बंगलादेशबीच विद्युत निर्यात गर्ने त्रिपक्षीय सम्झौतामा हस्ताक्षर 

नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको

बिहीबार , असोज १७ २०८१
बिहीबार , असोज १७ २०८१
  • काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।

    काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएसँगै नेपाललाई तेस्रो मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ । 

    बिहीबार काठमाडौंमा आयोजित एक समारोहकाबीच नेपालको तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुलकरिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

    १० वर्षमा ५ हजार मेगावाट निर्यातको लक्ष्य लिएको नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत बंगालदेशमा निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । हस्ताक्षर समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय सम्झौता नेपालको विद्युत व्यापारको कोसेढुङेगा भएको बताए । 

    नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत निर्यात गर्न लागेको भन्दै उनले त्यसमा छिमेकी मुलुक भारतको हत्वपूर्ण सहयोग रहेको बताए । सम्झौता समारोहमा उर्जा मन्त्री दीपक खड्काले विद्युत व्यापार सम्बन्धी त्रिपक्षीय सम्झौता ऐतिहासिक रहेको बताए । 

    बंगलादेशलाई विद्युत बिक्री गर्न गरी स्वीकृति पाए पनि विभिन्न कारणले सम्झौता भने हुन सकेको थिएन। ढल्केबरबाट मुजफ्फरपुर हुँदै बंगलादेशको भेरमारामा विद्युत् पुग्ने प्राधिकरणले जनाएको छ। 

    बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार