मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

श्री एयरलाइन्स

श्री एयरलाइन्सले भोलीदेखि काठमाडौं–भरतपुर उडान भर्ने 

श्री एयरलाइन्सले भोलीदेखि काठमाडौं–भरतपुर उडान भर्ने 

हाल बुद्ध एयरले एटिआर– ४२ मार्फत दैनिक ९ वटा उडान भर्दै आएको

बिहीबार , असोज १७ २०८१
बिहीबार , असोज १७ २०८१
  • काठमाडौं । श्री एयरलाइन्सले शुक्रबार (भोली) देखि काठमाडौं–भरतपुर रुटमा उडान भर्ने भएको छ । 

    कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको हो । कम्पनीका अनुसार शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरिएको छ । 

    २३ गतेदेखि नियमित उडान सुरु भएपछि श्री एयरलाइन्सले काठमाडौं–भरतपुर रुडमा नियमित दुई वटा उडान गर्ने छ । काठमाडौं–भरतपुर–काठमाडौं रुपमा हाल एकतर्फी भाडादर ५ हजार ५ सय रुपैयाँ राखिएको छ । 

    यो रुटमा हाल बुद्ध एयरले एटिआर– ४२ मार्फत दैनिक ९ वटा उडान भर्दै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार