काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार शितल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका जनाइएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहाल स्वीजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनको लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
